गण्डकीमा ५२ जना संक्रमित थप

0
292

कात्तिक २,२०७७ कास्की : गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आज बिहान पोखरामा ८ सहित थप ५२ जनामा संक्रमण देखिएको पुष्टि गरेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको विवरण अनुसार तनहुँँमा १६ जना, गोरखाका ३ जना, स्याङजाका ५ जना, लमजुङका १ जना र नवलपुरका १९ जना गरि थप ५२ जनामा कोरोना पुष्टि भएको छ ।

SHARE