आजको मौसम आंशिकदेखि सामान्य बदली

0
432
फाइल फोटो

असोज २८,२०७७ काठमाडौं :  बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र हाल भारतको तेलंगानामा रहेको छ ।

कमजोर हुंदै पश्चिम हुँदै उत्तरपश्चिमी दिशा तर्फ सर्ने क्रममा रहेको छ। हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राती प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका का एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ

SHARE