धरानमा संक्रमितको मृत्यु

0
223

असोज २६, २०७७ सुनसरी : सुनसरीको धरानमा थप एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

आइतबार राति ११ बजे धरान उपमहानगरपालिका–२ का संक्रमित ८९ वर्षीय पुरुषको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानमा उपचाररत संक्रमितमा उच्च रक्तचाप रहेको थियो।

ती पुरुषमा असोज २३ गते कोरोना पुष्टि भई सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए।

SHARE