आइतबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

0
294
फाइल फोटो

असोज २४, २०७७ काठमाडौं : भोलि आइतबारका लगि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।

पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको यही असोज २३ गते भएको निधनका कारण बैठक स्थगित गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। यसअघि १९ गतेको बैठकमा ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएसँग २५ गतेका लागि सारिएको थियो। बैठकको नयाँ मिति पनि तोकिएको छैन।

SHARE