कास्कीमा लागुऔषध सहित ५ जना पक्राउ

0
502

असोज १९, २०७७ कास्की : जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१६ जोगमणि बस्ने २१ वर्षीय समीर गुरुङ, २१ वर्षीय अथित गुरुङ, बाटुलेचौरका २४ वर्षीय मोहित खवास, वडा नं। १९ का १८ वर्षीय मनोज बि।क र धादिङको सुनौलाबजार–६ घर भई पोखरा–१६ मा बस्दै आएका ३० वर्षीय कुमार ठकुरी रहेको प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

लागुऔषधको ओसारपसार तथा बिक्री हुँदै गरेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बाटुलेचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट ७ एम्पुल डाइजापाम, ७ एम्पुल फेनेरागन, ७ एम्पुल बुर्फिनफ्रिन र १ किलो २ सय ग्राम गाँजा बरामद भएको पनि डिएसपी हमालले जानकारी दिए।

SHARE