
असोज ९, २०७७ काठमाडौं : शुक्रबार संक्रमणको कारण ३ महिला सहित ६ जनाको मृत्यु भएको छ।
मोरङको ६० वर्षीय महिला र ५५ वर्षीय पुरुष, सप्तरीको ७० वर्षीय पुरुष, ललितपुरको ५१ वर्षीय पुरुष, काठमाडौं ७५ वर्षीय महिला र कपिलवस्तुकी ७० वर्षीय महिलाको मृत्यु भएको हो।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आजसम्म निधन हुनेको ४ सय ५९ पुगेको प्रवक्ता प्राडा। जागेश्वर गौतमले जानकारी दिए।






