१९ जुवाडे पक्राउ

0
247

असोज ९, २०७७ कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–२ बाट जुवा खेल्दै गरेको अवस्थामा १९ जनालाई दुई लाख ४४ हजार १८० रुपैयाँसहित नियन्त्रणमा लिएको छ।

उनीहरुलाई डबलबहादुर ऐरको खाजा घरमा जुवा खेल्दै गरेको अवस्थामा बिहीबार राति पक्राउ गरिएको प्रहरीले बताएको छ। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिकाका एकेन्द्र सुनार, गगनबहादुर ऐर, बालकृष्ण राना, जयबहादुर ऐर, सुवर्ण विष्ट, हरिश जोशी, विक्रम भण्डारी, विनोद विष्ट, ज्ञानु ऐर, मिनबहादुर ठकुल्ला रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।
यस्तै, गोदावरी नगरपालिकाका प्रकाश बोहरा, घनश्याम खत्री, गोविन्द पाण्डेय, नरेश रोकाया, सुरज बुढा, मिन गुरुङ र विक्रम सिंह, कृष्णपुर नगरपालिकाका खगेन्द्र बोहरा र विष्णु भट्ट पनि पक्राउ परेको थापाले जानकारी दिए।

SHARE