१२ सय चार जनामा संक्रमण पुष्टि

0
400

असोज ३, २०७७ काठमाडौं :  देशभर थप १२ सय चार जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।

उनका अनुसार आज देशभरबाट १४ सय ४७ संक्रमित डिस्चार्ज भएका छन्। आज देशभर सक्रिय संक्रमित १७ हजार १ सय २९ जना छन्। त्यस्तै आजको पिसिआर १० हजार ३ सय ३३ रहेको गौतमले जानकारी दिए ।

SHARE