
असोज २, २०७७ काठमाडौं : नेपाली राजनीतिका लौहपुरुष एवम् नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज मनाईँदैछ।
कांग्रेसले बेलुका ५ बजे रत्नपार्क शान्तिबाटिकामा दीप प्रज्वनल गर्ने तयारी गरेको छ। स्मृति दिवसका अवसरमा गणेशमान सिंह फाउन्डेसनले कोरोना भाइरस संक्रमित र प्रभावितलाई राहत, उद्धार र सहयोग कार्यक्रमको आयोजना गरेको जनाएको छ।











