गण्डकीमा थप ११ जना संक्रमित थप

0
263

असोज २, २०७७ कास्की  : गण्डकी प्रदेशमा शुक्रवार बिहान थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरुको कुल संख्या तीन हजार २९१ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। बिनोदबिन्दु शर्माका अनुसार वीपी कोइराला स्मृति क्यान्सर अस्पताल चितवन र चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा तीन जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको हो।

SHARE