आजदेखि लामो दुरीका सवारीसाधन सञ्चालन

0
345

असोज १, २०७७ काठमाडौं : आजदेखि अन्तरजिल्ला अर्थात् लामो दुरीका सवारीसाधन सञ्चालन हुँदैछन्।
कोरोना भाइरसको महामारीका कारण झण्डै ६ महिना ठप्प रहेका लामो दूरीका सवारी साधनहरु आजदेखि चल्न लागेका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आजदेखि सबै रुटमा आधा यात्रु राखेर साबिकको भाडा दरमा थप ५० प्रतिशत भाडा लिएर बस सञ्चालन गर्न पाउने निर्णय गरेको थियो। सरकारको निर्णयँगै व्यवसायीहरुले ६ महिनादेखि थन्किएका सवारी साधन निकालेका छन्।
यातायात व्यवसायी र चालक महासंघ सम्मिलित संयुक्त कार्यदलले आजदेखि बस सञ्चालनका लागि सबैलाई अनुरोधसमेत गरेको छ।

SHARE