
भदौ २३,२०७७ हेटौडा : झूटो विवरण पेश गरी नागरिकता लिएको आरोपमा एकजना पक्राउ बोस हेटौंडाबाट पक्राउ परेका छन्।
हेटौंडा उपमहानगरपालिका४ बाट पक्राउ गरेको मकवानपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।उनका अनुसार बोस भारतीय नागरिक हुन्।
उनले नेपाली नागरिकता लिँदा झूटो विवरण पेश गरी लिएको भन्दै जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको थियो।उनलाई पक्राउ गर्न रौतहटबाट भदौ १० गते पुर्जी जारी भएको थियो।
बोस हेटौंडा औद्योगिक क्षेत्रको सुपर लेमिकोट्स प्रा।लि र गर्दोइस्थित नारायणी मिल्कका सञ्चालक हुन्।












