
भदौ १६,२०७७ काठमाडौँ : महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण देखिएको छ ।
उनलाई कोरोना सङ्क्रमण देखा परेको काठमाडौँ महानगरपालिकाका प्रेस विज्ञ मोहन बास्तोलाले बताए । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । मेयर शाक्यलाई कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिएको बताइएको छ ।






