
शक्तिराज घिमिरे
भदौ ११,२०७७ गुल्मी : कुसल व्यवस्थापन,निष्ठा र काम प्रतिको इमान्दारिताले नै देश लोडसेडिङ मुक्त बनाउन सफल भएको कुलमान घिसिङले बोल्ने हरेक सभा÷समारोहको दोहोरिने शब्द हो यो ।
चार वर्ष सम्म नेपाल विद्युत प्राधिकरण हाकेका घिसिङको कार्यकाल यहि २०७७ साल भदौ २९ गते सकिदैछ । नेविप्राको ७–औँ तह वाट जागिरमा प्रवेस गरेर सेवा प्रवेसको केहि वर्ष पछि रसुवाको चिलिमे जलविद्युत परियोजनाको जिम्मेवारी पाए । चार वर्षे कार्यकाल पछि केन्द्रीय कार्यालय तानिए र दुई वर्ष सम्म कुनै काम तोकिएन । तत्कालीन उर्जा मन्त्री जनार्दन शर्माको पहलमा नेविप्राको कार्यकारि निर्देशक नियुक्ति भए । कुनै पनि सस्थाको प्रमुख जिम्मेवारी पाउनु सामान्य कुरा थिएन । अझ यस सस्थामा दरिलो खम्बा झै उभिएका चुनौति कहाली लाग्दो थियो ।
जुन कहाली डर लाग्दो थियो र सोच भन्दा वाहिरको थियो । एक जनजातिको कोखवाट जन्म लिएका घिसिङले कहाली लाग्दो पहाड लाई फोर्न सक्छ भनेर कसैले कल्पना समेत गरेका थिएनन ।
रामेछापमा जन्मीएका घिसिङले प्राथमिक शिक्षा गाँउमै गरे । थप शिक्षा काठमाण्डौ वाट लिएर छात्रावृत्तिमा भारतको जम्सेदपुरवाट सन १९९४ मा विद्युतीय इन्जीनियरिङ गरि पुल्चोक क्याम्पसवाट पावर सिस्टम इन्जीनियरिङमा मास्टर्स गरेका थिए । सानै वाट अध्ययनमा रुचि राख्ने घिसिङ कहिलै कक्षामा दोस्रो भएनन ।
भनिन्छ हुने विरुवाको चिल्लो पात उनको जिवनमा ठयाक्कै मेल खान पुग्यो । २०७३ साल भदौ २९ गते निर्देशक भएको केहि महिना पछि क्रमिक रुपमा देशलाई लोडसेडिङ मुक्त बनाए । १८ घण्टा लोडसेडिङ भोगेका हामीलाई फेरि पनि खतराको घण्टी बज्ने त होईन भन्ने डर छ । आम नेपाली जनताको माग कुलमान आउ भन्ने नै हो । किन्तु,परन्तुमा कुनै ईकार लागेन भने उनको निरन्तरता निश्चित छ । भन्न खोजेको यो सव थोक सरकारको हातमा छ । कुलमानलाई हटाउने वा पुन कार्यकाल थप्ने ।
काम प्रतिको लगनशिलता नै म र मेरो टिमको सफलताको कडि हो । लोडसेडिङ मुक्त देश बनाउन आफु एक्लो वृहस्पति नभएको र यसमा सवैको साथ समर्थनले मात्र सम्भव भएको बताउदै आएका छन् । उनी भन्छन मैले केवल व्यवस्थापन मात्र गरेको हु । सत्यता त्यही नै हो तपाई जे काम गर्नु हन्छ आत्मै देखि गर्नुहोस सफलता पछाउन तपाई होइन सफलताले तपाइलाई पछाई रहनेछ । अरवौ घाटामा गएको सस्था,दैनिक १८ घण्टा अध्यारो भोगेको देशलाई नाफा सहित उज्यालो गराउनु कुनै चानचुने कुरा होइन ।
हिजोका दिनमा सस्थालाई कमाइ खाने भाडो कसले बनायो ? देशलाई अध्यारोमा राखेर आफु उज्यालोमा को को बसे ? एक एक हिसाव किताव हुनै पर्छ,जो कोहि किन नहोस कारवाहि हुनै पर्छ । पुर्व कार्यकारी निर्देशकहरु मात्र दोषी हुन,भष्ट्रचार गरेकै हुन,विद्युत बेचेकै हुन म भन्दीन ।
यहाँ पुर्व निर्देशक देखि प्रधानमन्त्री,मन्त्री,मन्त्रालयका सचिव,व्यवसायी सबका सब दोषि छन । होइन भने नेपाल सरकार,उर्जा मन्त्रालय,नेविप्रा,नेविप्रा सञ्चालक समिति किन मौन छन त ? कारवाही गर्न किन सकदैनन त ? गहिराईमा नपुगि हामी सतहिको मात्र जोड÷घटाउ गर्नुले कुनै तात्विक भिन्नता भने राख्दैन ।
जति सुकै असल र सकारात्मक काम गर्नुहोस तपाईको पछाडि आलोचक पाइलै पिच्छे खेदो खन्न लाम लाग्छन । चाहे त्यो प्रत्यक्ष वा परोक्ष किन नहोस । हाई–हाई कमाएका घिसिङ नाम र दाम सगैँ सेलिब्रेटी समेत भैैसकेका छन । राम्रो काम गर्दै गर्दा समय–समयमा उनि माथि विभिन्न आरोप नआएको कहाँ होर । लिड वल्वको कुरा,ट्रंक र समर्पित(डेडिकेटेड) लाईनका कुरा,सस्तोमा बत्ति खरिद गरेर महँगोमा बेचेको कुरा,असफल आयोजनाका सफल प्रमुखको कुरा,भष्ट्रचार,नेविप्राको भित्रि व्यवस्थापन गर्न नसकेको आरोप छ ।
यति मात्र होइन सन २०१६(२०७३) मा ६०० मेगावाट विद्युत भारतवाट आयात गर्ने सम्झौता भएको थियो । भारत देखि नेपाल सम्म विद्युत ल्याउन ढल्केवरमा ४००÷२२० केभि ट्रान्समिसन लाइन निर्माण त्यसैवेला नै सम्पन्न भयोको हो । सन २०१६ मा सम्पन्न हुने आयोजना सम्पन्न भएपछि सन २०१७ मा विद्युत खेर जान्छ भन्ने विषय सन २०१२ को नेविप्रा कै प्रतिवेदनमा उल्लेख छ । कुनै एक आयोजना होस या सव–स्टेसन(ठुलो) उनकै पलामा सिलन्यास भै उनकै पालामा उदघाटन भएनन् अनि घिसिङ कसरि सफल भए त भन्नेहरु पनि छन । एक कार्यक्रममा पुर्व कार्यकारि निरर्देश मुकेस काफ्लेले भनेका छन बाटोको डिजाइन गर्ने,रेखाङन गर्ने,खन्ने एउटाले अन्तमा अभिनन्दन हुने चालक भएको यहि हो । उनको कार्यकालमा सम्पन्न भएका कुनै एक आयोजना छैन । प्रसारण लाइन तर्फ हेटौडा–ढलकेवर–इनरुवा ४०० केभि लाइन,हेटौडा–भरतपुर २०० केभि लाइन त्यस्तै कालिगण्डकी करिडोर,मस्र्याङदी करिडोर आदि सम्पन्न हुन सकेनन् । यस तर्फ उनले ध्यान नदिएको आरोप छ ।
भारतवाट विद्युत आयात गर्ने सहमति,सोहि वर्ष केहि आयोजना सम्पन्न हुनु,२०७३ साल साउन ०१ गते देखि लागु हुने गरि विद्युत महसुल दर वृद्घि हुनु,ट्रंक र समर्पित(डेडिकेटेड) लाइनमा ६५ प्रतिशत प्रिमियम बढाउने आदी कारणले ८ अर्व घाटा गएको सस्था अहिले खुद ११ अर्व नाफामा गएको हो । उनले धेरै हद सम्म चुहावट नियन्त्रण गर्न सफल भएको आरोप कर्ताले सुइकारेका छन । सतहिमा होइन गहिराइमा जान र बुझन काफ्लेले मात्र होइन नेकपा सासंदहरुले नै बोलेको बेला–बेलामा पढन र सुन्न पाइन्छ ।

आलोचक र समर्थन सबैका हुन्छन तर अन्तमा देखिने परिणाम नै हो । हामी सर्वसाधारण जनताले देख्ने भनेको बत्ति आयो,सस्था नाफामा गयो । भनिन्छ विगतले भविष्यको संकेत गर्छ चाहे त्यो राम्रो या नराम्रो । तर अहिले घिसिङ जनताको नजरमा हाइहाइ छन । उनि नियुक्ति भएपछि एकै ठाँउमा डेरा जमाएर बसेका कर्मचारीहरुको ठुलै जमातको सरुवा गरेका थिए । एकै ठाउँमा लामो समय रही रहेका कर्मचारी, ग्राहक र सस्था दुवैलाई नाफा होइन घाटाको घ सधै चली रहन्छ भन्ने बुझेका घिसिङले झण्डै २५०० कर्मचारी हेरफेर गरे । हाम्रा कर्मचारी सबै राम्रा छन भन्ने पनि होइन तर सबैलाई एउटै तराजुमा जोख्न नमिल्ने उनले दिएका अन्तरवार्ताहरुमा पनि सुन्न पाइन्छ । विजुली एउटा विज्ञान हो लोडसेडिङ हट्नु भन्या कुनै चमत्कार होइन । घिसिङ स्रोत भन्छ हिजोका दिनमा के भए भनेर अल्झने भन्दा पनि भविष्य कस्तो बनाउने चिन्तन गर्नु नै वुद्घिमानी हुन्छ ।
आगामी कार्यकाल घिसिङकै होस सवैको चहाना हो । तर यहाँ उदायका कुलमान आउछन कि उदायमाननै आउछन हेर्न वाकि नै छ । राम÷श्याम जो आए पनि आउदै गरेका चुनौति सगँ सामना गर्ने पर्छ ।
– प्रस्तावित विद्युत ऐन २०७६ लाई विद्युत प्राधिकरण र आम कर्मचारीको हित विपरित नहुने गरी कार्यान्वयन गराउनु पर्ने ।
– निर्माणाधिन आयोजना र प्रसारण लाइन समयमा सम्पन्न गर्न थप रणनिति अपनाउनु पर्ने ।
– कार्यालय भित्रको आन्तरिक व्यवस्थापन प्रभावकारी रुपमा सुधार गर्नुपर्ने ।
– खरिद प्रकृयामा हुने अनियमितता सुधार गर्नुपर्ने ।
– यही आ.व.मा १ हजार ३ सय मेगावाट विद्युत राष्ट्रीय प्रसारण लाइनमा थप हुदै गर्दा देश भित्रको खपत बढाउने हो या निर्यात बढाउने कुरालाई महत्व दिनु पर्ने ।
– कृयाशिल ट्रेड युनियन पुर्ण व्यवस्थापन हुनुपर्ने ।
– निजि क्षेत्र सगँ प्राधिकरणलाई प्रतिस्पर्धी बनाउनु पर्ने ।
– सरुवा÷बढुवामा हुने आर्थीक लेनदेन सदाको लागी बन्द हुनुपर्ने ।
– बडदो सवारी साधनको दुरुपयोग रोकिनु पर्ने ।
– विद्युतको पहुच बढाउनु पर्ने ।
– दुर्गम र सुगममा सेवारत कर्मचारी विच सरुवा प्रणालीमा एकरुपता ल्याउनु पर्ने ।
यस वाहेक सेवालाई थप प्रभावकारी बनाउन एकद्वार प्राणली लागु गर्नुपर्ने,विद्युत चुहावट नियन्त्रण,प्रसारण लाइनको विस्तारमा जोड,विद्युत खपत सगैँ निर्यातमा जोड,उचित ठाँउमा उचित कर्मचारीको व्यवस्थापन गर्नुपर्ने,विनियमको प्रभावकारी कार्यान्वय हुन नसक्नु,केन्द्र देखि तल्लो तह बिच समन्वयकमा जोड आदी विषय नेविप्रमा सफलता पुर्वक लेन्डीङ गराउन उदायका वा उदायमान कुलमान आउनै पर्छ ।
घिमिरे नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र गुल्मीमा कार्यरत छन् ।






