श्रेष्ठलाई नै काउन्सिलको कामकाज गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

0
332

भदौ ३, २०७७ काठमाडौं : प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नै कामकाज दिने गरी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।सरकारले श्रेष्ठलाई पदबाट हटाएर सोमबार दुर्गा भण्डारी पौडेललाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो।

सरकारले साउन २६ गते काउन्सिलको नियमावली संशोधन गरेरै कार्यवाहक अध्यक्ष सरकारले नियुक्त गर्न सक्ने बुँदा थपेका थियो। सोही अनुसार सरकारले भण्डारीलाई सदस्य नियुक्त गर्दै अध्यक्ष बनाएको थियो।
तर भण्डारीले भने पद बहाली गरेकी थिइनन्।

SHARE