गृहमन्त्रीको तस्बिर जलाउने दुई युवा पक्राउ

0
366

साउन ३२, २०७७ जनकपुरधाम : गृहमन्त्री रामबहादुर थापाको तस्बिर जलाएको भन्दै दुई युवकलाई प्रहरीले जनकपुरको भानु चोकबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राजेश यादव र सुनिल साह छन्।  दोषी प्रहरीमाथि कारबाही गर्न आलटाल गरेको भन्दै जनकपुरको भानु चौकमै युवाहरुले प्रशासनविरुद्ध नाराबाजी गर्दै गृहमन्त्री थापाको तस्बिर जलाएका थिए।

SHARE