पर्साका थप ६४ जनामा कोरोना पुष्टि

0
268

साउन ३२, २०७७ पर्सा : गएराति र आज बिहान थपिएका पर्साका ६४ नयाँ संक्रमित थपिएको अस्पतालले जनाएको छ।

शनिबार ११ बजे ४५ जना र आज बिहान २३ जना थपिएका नयाँ संक्रमितमा ४ जना भने बाराका रहेका छन्। बाराका भने पन्टोखाका, कलैया १ र १२ तथा महागढिमाई नगरपालिका ५ कबहीका ४ गरी जना पुरुष रहेको नारायणी अस्पतालको अस्थायी कोभिड विशेष अस्पताल गण्डकका इन्चार्ज डा।निरज कुमार सिंहले बताए।

यी चार बाहेक सबै पर्साका रहेको उनको भनाइ छ। थपिएका नयाँ संक्रमितहरुमा कन्ट्याक्ट ट्रेसिङमा परेका र स्वेच्छाले आफ्नो परिक्षण गराएका पनि रहेको डा सिंहले बताए।

संक्रमित मध्ये ८ वर्षका बालकदेखि ७० बर्षीय महिला सम्मका रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताए। ती संक्रमितहरुमा १७ महिला र ५१ पुरुष रहेको उनको भनाइ छ।

SHARE