
साउन २९,३०७७ स्याङ्जा : स्याङ्जाको भीरकोट नगरपालिका वडा नं १ स्थित हेलुबजारमा पहिरो जाँदा सिदार्थ राजमार्ग अबरुद्ध भएको छ। गएराति देखि भएको अविरल वर्षाका कारण आज विहान हेलु माथिको जंगलबाट ठूलो पहिरो खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो।
राजमार्गमा करिब ५० मिटर जति बाटो पहिरोको कारण पुरिएकाले सयौँको सङ्ख्यामा सवारीसाधन र यात्रुहरु अलपत्र परेका छन्। एम्बुलेन्स र अत्यावश्यक कामका सवारीसाधन समेत पहिरोको कारण बाटोमै रोकिएका छन्।
बाटो खुलाउन भीरकोट नगरपालिकाबाट डोजर ल्याउने प्रयास भैरहेको छ।






