पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

0
118
फाइल फोटो

असोज २२,२०७९ : जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् ।

 

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार दुई जनाको गम्भीर अवस्थामा उद्धार गरिएको छ ।

 

उनीहरूलाई अस्पतालतर्फ पठाइएको र घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

 

गृहमन्त्री बालकृष्ण खाणले घाइतेको उद्धार र पुनःस्थापनामा कुनै कसुर बाँकी नराख्न गृह प्रशासन र प्रजिअहरूलाई निर्देशन दिएका छन् ।

SHARE