बस दुर्घटनामा१६ को मृत्यु, २५ घाइते

0
135

असोज २०,२०७९बारा : बारामा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको हो।

ज्यान गुमाउनेमा १० जना पुरुष र ६ जना महिला छन्। मृतक मध्ये जनकपुर उपमहानगरपालिका ५ का ५० वर्षीय सन्तोष कुमार रायको मात्र सनाखत भएको छ भने अन्य १५ जनाको सनाखत हुन बाँकी रहेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

दुर्घटनामा घाइते भएका २५ जनाको चुरेहिल अस्पताल हेटौँडा, पुरानो मेडिकल हस्पिटल चितवन, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र नयाँ मेडिकल हस्पिटल चितवनमा उपचार भैरहेको छ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए। घाइते मध्ये ७ जनाको चुरेहिल अस्पताल हेटौँडामा उपचार भईरहेको छ। जसमध्ये १२ वर्षीया प्रीति चौधरीको अवस्था गम्भीर रहेको छ। यस्तै १५ जनाको पुरानो मेडिकल हस्पिटल चितवनमा उपचार भैरहेको छ। जसमध्ये नाम नखुलेका अन्दाजी १५ वर्षीया किशोरीको पनि अवस्था गम्भीर रहेको छ।

यस्तै नयाँ मेडिकल हस्पिटल चितवनमा २ तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा एक जनाको उपचार भैरहेको छ।

SHARE