लुम्बिनी प्रदेशको प्रदेश सभामा पहिलो कार्यक्रम (फोटो फिचर)

0
137

दिवाकर पोख्रेल
असोज १५,२०७९ देउखुरी : लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको प्रदेशसभा भवनमा औपचारिक कार्यक्रमको शुरुवात भएको छ ।

 

नव निर्मित भवनमा लुम्बिनी प्रदेशसभाका सदस्यहरुलाई प्रदेश सभा सचिवालयले सम्मान गरेको छ । पाँचबर्षे कार्यकालको अन्तिम चरणमा पुगेपछि चाडपर्वलाई लक्षित गर्दै प्रदेश सभा सचिवालयले सम्मान गरेको हो ।

प्रदेशसभाका सबै सदस्यहरुले सम्मान गर्ने कार्यक्रममा आधा प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रदेशसभाका सदस्यहरुको सम्मान तथा शुभकामना आदान पदान कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाले पाँच बर्षे कार्यकालमा आफ्नै भवनमा प्रदेशसभा बैठक राख्न नसकेपनि प्रदेशसभा भवन निर्माण गर्ने पहिलो प्रदेश बन्दै अन्त्मि कार्यकालमा शुभकामना तथा सम्मान कार्यक्रम राख्न सफल भएकोमा प्रदेश सरकार र प्रदेशसभा सचिवालयलाई धन्यवाद दिनुभयो ।

यस्तै प्रदेश प्रमुख शेरचनले नेपालको जस्तो शासन प्रणाली मूलुकका कुनैपनि मुलकमा नभएको भन्दै शासन प्रणाली र व्यवस्था प्रति अनावश्यक टिप्पणी उपयुक्त नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कहिं कतै राजनीतिक दलहरुले शासन व्यवस्था माथि धावा बोलेको सुनिन्छ,तपाइहरु ढुक्क हुनुस, यो बर्तमान व्यवस्थाको विकल्पमा पुरानै व्यवस्था होइन सम्भव पनि छैन ।’

यस्तै कार्यक्रममा बिशिष्ट अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघस्य लोकतान्त्रिक गणतनन्त्रको लागि हजारौको वलिदान र ठूलो त्यात तपस्या रहेको स्मरण गराउँदै कसैले लहड र रहरमा व्यवस्था परिवर्तनको कुरा गर्नु ठट्टा बाहेक केहि नहने बताउनुभयो ।

लुम्बिनी प्रदेशसभा भवनमा मा भएको यो पहिलो औपचारिक कार्यक्रम हो । स्थायी राजधानी दाङ देउखुरीमा भएको कार्यक्रममा स्थानीयले पनि चासोका साथ लिएका थिए ।

SHARE