लुम्विनी सहित तीन प्रदेशमा दिउँसो भारी वर्षाको सम्भावना

0
229
फाइल फोटो

भदौ २७,२०७९काठमाडौं : बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा सोमबार दिउँसो भारी वर्षाको सम्भावना छ।

देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारी वर्षा हुने स्थानमा बाढी तथा पहिरोको जोखिम रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ। राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

SHARE