
दिवाकर पोख्रेल
देउखुरी, भदौ ११ गते । लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागी जग्गा एकिकरण आयोजना सञ्चालन थालिएको छ । जग्गा एकिकरणको लागि दाङको भालुवाङमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले जग्गा एकिकरण आयोजना मुख्य कार्यालयको स्थापना गरेको छ । कार्यालयको मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्नुभएको छ ।
मुख्यमन्त्री केसीले राजधानी संग जोडिएको जग्गाको काम मुख्य कार्यालयबाट हुने बताउनुभयो ।‘ कार्याल्य राजधानी निर्माणमा सघाउ पु¥याउने काम गर्छ,राजधानी शहरका लागी चाहिने जग्गा एकिकरणबाट पुरा गरिने छ ।’ राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३, शितगंगा नगरपालिका वडा नंं ८ र ९ गरी जम्मा १४ वडाको जग्गा एकिकरण हुन थालेको हो ।
चालु आर्थिक बर्षमा सात सय देखी एक हजार विगाह जग्गा एकिकरण गरिने छ । जग्गा एकिकरणका लागी पालिका र वडा स्तरमा १४ वटा विभिन्न समिति गठन गरिएका छन् । समितिले वडा स्तरमा आईपर्ने समस्या र समाधानका विकल्पहरु निकाल्ने छन् । जग्गा विकास कार्यक्रम सञ्चालन गर्न सहजीकरण समितिको अवधारणा ल्याइएको छ ।

जसमा वडा अध्यक्ष संयोजक हुने, स्थानिय कृयासिल राजनैतिकदलहरुका प्रतिनिधि र उपभोक्ता हरुबाट सहजिकरण समिती बन्ने छ । गाउँपालीका अध्यक्ष संयोजक रहनेगरी मूल समिती गठन सुरु भएको हो ।
कार्य संचालक समिति र मुख्यमन्त्री अध्यक्ष रहने उच्च स्तरिय निर्देशक समिति रहेको छ । राजधानी क्षेत्रको पुरानो नक्सा खारेज गरेर नयाँ नक्सा निर्माणको काम भएकाले यसलाई सावधानीका साथ अघि बढाउन थालिएको जानकारी हो ।






