तोलामा ५ सयले घट्यो सुनको मूल्य

0
273

साउन २२,२०७९काठमाडौं : साताको पहिलो दिन आज आइतबार ५ सयले घटेको छ ।

छापावाल सुन ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजावी सुन प्रतितोलामा ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि आइतबार १५ रुपैयाँले घटेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

SHARE