
साउन २१,२०७९ काठमाडौं : नुवाकोटलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नुवाकोटको बेलकोटगढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर २६ मिनेटमा ५।३ रेक्टर स्केलको भूकम्प गएको हो।
काठमाडौँलगायत आसपासका जिल्लामा पनि भूकम्पको महशुस गरिएको छ।

यसअघि आइतबार बिहान ८ स् १३ बजे खोटाङको साकेला गाउँपालिकालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो।






