रेन्बो स्कुलको उदाहरणीय काम : फजुल खर्चलाई कटौती गरी विपन्नलाई माम

0
274

गीता पाण्डे
साउन १९,२०७९ गुल्मी : गुल्मीमा जन्म दिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गरी विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा रहेको रेन्बो इङलिस सेकेन्डरी बोडिङ स्कुलमा रहेका शिक्षक र इच्छुक बिद्यार्थीहरुले जन्म दिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गरी जम्मा गरेको कोषबाट विपन्नलाई खाद्यान्न सहयोग गरिएको ब्यबस्थापक अन्जु खत्रीले जानकारी दिनुभयो ।

सो कोषमा जम्मा भएको रकमबाट रुरुक्षेत्र गाउँपालिकाका अति विपन्न तीन परिवारलाई करिब तीन महिनालाई पुग्ने खाद्यान्न वितरण गरिएको खत्रीले बताउनुभयो ।

स्कुलमा कार्यरत शिक्षक ,कर्मचारी र इच्छुक बिद्यार्थीहरुबाट जन्म दिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गरी सामाजिक क्षेत्रमा सहयोग गर्ने गरी नविनत्तम कार्यहरु गर्दै आएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यमबहादुर खत्रीले जानकारी दिनुभयो ।

सो कोषमा जम्मा भएको रकमबाट यस अघि पनि घातक रोग लागेका अभिभावकहरुलाई रु एक लाख रुपियाँसम्म सहयोग गर्दै आएको र आवश्यक परेमा सहयोग गर्ने कामबाट पछाडि नपर्ने ब्यबस्थापक खत्रीले दाबी गर्नुभयो ।

घरको अवस्था कमजोर भएका र घातक रोग लागेका बिरामीहरुका लागि यो कार्यक्रम प्रभाबकारी भएको बिद्यालयले बताउँदै आएको छ ।

SHARE