कोरोना संक्रमणका कारण दुईको मृत्यु ,३४७ जनामा संक्रमण पुष्टि

0
168

साउन ८,२०७९ काठमाडौं :नेपालमा आइतबार ३४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८८८ कोरोना परीक्षण गर्दा ३४७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा दुई हजार ३६० पीसीआर परीक्षण गर्दा ३०३ र एक हजार ५२८ एन्टीजेन परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सोही समयमा ९५ जना सङ्क्रमण मुक्त भएका छन् भने सोही समयमा दुई जनाको मृत्यु भएको छ ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १७७ पुगेको छ ।

SHARE