अरिङगालको टोकाइबाट एक युवकको मृत्यु

0
256

साउन ७,२०७९ सल्यान :सल्यानमा अरिङगालको टाेकाईबाट एक युवकको मृत्यु भएको छ।

जिल्लाको शारदा नगरपालिका १ दारिमचौर निवासी २६ बर्षिय कृष्ण थापाको अरिङगालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शनिबार दिउसो करिव ३ बजे तिर आँपको रुखमा चढेर आँप खान जाने क्रममा उनलाइ अरिङ्गाले टोकेको थियो।

अरिङ्गालले टोकेर घाइते भएका थापालाइ श्रीनगर स्थित कर्णाली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारकोलागि नेपालगन्ज लग्ने क्रममै बाटोमा करिव ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खड्काले जानकारी दिए ।

SHARE