मलाई उडाइयो : प्रदीप ज्ञवाली

0
227
फाइल तस्बिर

साउन ५,२०७९काठमाडौं : नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले जनताका वास्तविक पीडा बोल्दा आफूलाई उडाइएको बताएका छन्।

बजार भाउ अचाक्ली बढेको भन्दै ज्ञवालीले आफूले त्यसैलाई इंगित गरेर बोल्दा पुरानो फोटो राखेर ट्रोल बनाइएको बताए।

उनले केही दिनअघि एउटा कार्यक्रममा अहिले अचाक्ली मूल्यवृद्धि भएको र आफू पूर्वमन्त्री र सांसदजस्तो मान्छेले पनि एक छाकमा दुई थरी तरकारी खान नसक्ने अवस्था आएको बताएका थिए।

त्यसैलाई ट्रोल बनाएर उनले अमेरिकामा खाना खाइरहेको तस्वीर सामाजिक संजालमा भाइरल गराइएको थियो।

SHARE