
साउन २,२०७९ काठमाडौं :स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ६ सय ५१ जनाको परीक्षण गर्दा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार ३ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ८६ र २ हजार ३ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको हो।
यो संगै सक्रिय संक्रमितको संख्या १७ सय ७६ पुगेको मन्त्रालयले उल्लेख गरेको छ।

यो अवधिमा ४८ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ ।






