धरानमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

0
235

साउन १,२०७९ गुल्मीः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिष्ठानका प्रवक्ता डा कृष्णा पोखरेलको अनुसार सुनसरीको रामधुनी नगरपालिका ७ निवासी ५७ वर्षीय महिलाको उपचारको क्रममा शनिवार साँझ मृत्यु भएको हो।

उहाँ दीर्घ रोगी रहेको र कोरोना विरुद्धको दोस्रो डोज खोप पनि लगाई सक्नुभएको हो।

यस भन्दा अघि पनि धरान सुनसरी जिल्लाकै १२ पालिका मध्ये सबै भन्दा बढी कोरोना सङ्क्रमित भएको पालिका हो।

SHARE