एकैदिन २०६ जनामा कोरोना संक्रमण पुष्टि

0
314

असार २९,२०७९काठमाडौं : नेपालमा फेरि कोरोना संक्रमण उकालो लाग्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज बुधबार एकैदिन २०६ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा दुई हजार ८२ जनाको पिसिआर परीक्षण गर्दा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको हो। यो अवधिमा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या एक हजार ५ पुगेको नयाँ संक्रमितको संख्या २०६ पुगेको मन्त्रालयले जनाएको छ।

SHARE