नदी किनारमा बालकको शव फेला

0
289

असार २६,२०७९कैलाली : गोदावरी नगरपालिकामा एक बालकको शव फेला परेको छ।

गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा बालकको शव फेला परेको हो।

प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाएको र घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिए।

SHARE