असार २१,२०७९ पाल्पा : रैनादेवी छहरा–३, छचुवाका एक बालकको रिडी नदीमा डुबेर मृत्यु भएको छ ।
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–६, अर्चलेस्थित रिडी खोलामा डुबेर रैनादेवी छहरा–३, बस्ने पूर्णबहादुर कुमालका तीन वर्षका छोरा मनीष कुमालको नदीमा डुबेर सोमबार बेलुका मृत्यु भएको हो ।
रिडी नदीमा पौडी खेल्ने क्रममा डुबेर अचेत बनेका मनीषको उपचारका लागि पाल्पा छहरातर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।