
केशब गौतम,
असार१८,२०७९गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिका कृषकको घर–घरमा पुग्न थालेको छ । समुन्नत नगरपालिकाको मुख्य आधारनै कृषि भएकाले कृषकको घर-घरमा पुगेर गुनासो सम्बोधन गर्न थालिएको नगर प्रमुख खिल्ध्वज पन्थीले बताए । नगरपालिकाको वडा नम्बर ११ र १२ मा मासु मिसन कार्यक्रमको लागि कृषकलाई उन्नत जातका पाडा हस्तान्तरण गरिएको नगरप्रमुख पन्थीले बताए ।
हस्तान्तरण कार्यक्रम बोल्दै नगरप्रमुख पन्थीले यो कार्यक्रम कृषकको लागि महत्वपूर्ण भएको बताए । नगरप्रमुख पन्थीका अनुसार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा पनि कृषि पशुपालनलाई प्राथमिकता दिएको बताए । स्वरोजगारले बेरोजगार हटाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ११ मा तील बहादुर बुचा र वडा नम्बर १२ मा नेत्र बस्नेतलाई उन्नत जातका पाडा हस्तान्तरण गरिएको छ । पाडा हस्तान्तरण गर्दै कृषकको साथमा नगरपालिका रहेकाले निर्धक्क भएर काम गर्न नगर प्रमुख पन्थीले आग्रह गरेका छन् । कषिमा आकर्षित र कृषकलाई उत्साहित बनाउनका लागि उत्कृष्ट काम गर्ने कृषकलाई पुरस्कार स्वरुप निब्र्याजी ऋण उपलब्ध गराउने उनको भनाइ थियो ।

नगरपालिकाका पशु शाखा प्रमुख रुमाखर मरासिनीले ५० वटा पाडा कपिलवस्तुबाट खरिद गरेर ल्याइएको थियो । कृषकलाई पाडा प्रवद्र्धन मासु मिसन कार्यक्रमको लागि नगरले २० लाख ४४ हजार रुपैयाँ बजेट छुट्याएको थियो । वडा नम्बर ११ मा २५ र १२ मा २५ वटाका दरले पाडा हस्तान्तरण गरिएको पशु शाखा प्रमुख मरासिनीले बताए ।
कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख पन्थीसहित उपप्रमुख अमृता कुँवर, वडा नम्बर १ का वडाध्यक्ष रामप्रसाद पन्थी, वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण प्रसाद पाण्डे, वडा नम्बर १० का वडाध्यक्ष एवं नगरपालिकाका आर्थिक विकास संयोजक राम बहादुर बस्नेत, वडा नम्बर ११ का वडाध्यक्ष खुम बहादुर राना, वडा नम्बर १२ का वडाध्यक्ष चेहरसिह टन्डन, नगरपालिकाका कृषि शाखा प्रमुख हरि शरण पन्थी लगायतको उपस्थित रहेको थियो ।








