आज संसद् दिवस

0
383

असार १६,२०७९काठमाडौं : आज संसद् दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

नेपालमा २०१६ असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष असार १६ गतेका दिन संसद् दिवस मनाउने गरिन्छ।

दिवसका अवसरमा संघीय संसद भवन नयाँ वानेश्वरमा पूर्व सांसद मञ्चले संसद दिवस विशेष कार्यक्रम आयोजना गरेको छ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले दुईपटकको संसद् विघटन, कोभिड संकटलगायतका विभिन्न समस्याहरुका बीचबाट संसदले आफ्ना कार्य निरन्तर अघि बढाइरहेको बताएका छन्।

संसद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सापकोटाले आफ्ना सामु संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्त्वपूर्ण विधेयक पारित गर्नुपर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्‍याउनुपर्ने अभिभारा रहेको उल्लेख गरेका छन्।

SHARE