समयमा उपचार नपाउँदा सुत्केरीको मृत्यु

0
249

असार १४,२०७९सुर्खेत : जाजरकोटको कुशे गाउँपालिका–५ जरगाउँकी ३० वर्षीय नारायणकली रोकायको सुत्केरी हुँदा मृत्यु भएको छ।

घरमै सुत्केरी भएकी रोकायले चौथो सन्तानको जन्म दिएपछि उनको ज्यान गएको स्थानीय तारा खड्काले जानकारी दिइन्। समयमै साल नखसेर नारायणकलीको मृत्यु भएको खड्काको भनाई रहेको छ।

सुत्केरी भएको ५ घण्टा पछि मृत्यु भएकी नारायणकलीको ४ घण्टासम्म साल खसेको थिएन। बेलैमा स्वास्थ्य उपचार नपाउँदा उनको मृत्यु भएको हो।

खड्काले भनिन्, ‘स्थानीय मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा साल खसेको भएता पनि नारायणकलीको ज्यान जोगिन सकेन।ु उनका दुई छोरी र एक छोरा छन्।

नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।

SHARE