
असर १३,२०७९ तनहुँ : खोलाले बगाउँदा तनहुँमा अठार महिने बालिकाको मृत्यु भएको छ ।
आईतबार साँझ ७ः३० बजे घर नजिकै रहेको चुँदी खोलाले बगाउँदा भानु नगरपालिका–७ चन्द्रावती बस्ने रचना श्रेष्ठको अठार महिने छोरी काव्या श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार बिकले जानकारी दिए ।











