छत्रकोट र रुरुक्षेत्र जोड्ने ट्रस्टपुलको उद्घाटन

0
232

दीपा पन्थ
असार ९,२०७९ गुल्मीःछत्रकोट र रुरुक्षेत्र गाउँपालिका जोड्ने मौलापुर लोलांग ट्रसपुलको उद्घाटन भएको छ ।

दुई गाउँपालिकाको सिमाना रहेको बैसादी खोलामा बनेको पुलको लम्बाई २८ मिटर रहेको छ । कुल २८ लाख ७५ हजार ९८६ रुपैयाँको लागतमा सम्पन्न भएको उक्त पुल छत्रकोट गाउँपालिकाको ३ लाख ७३ हजार ८७८ रुपैयाँ, समुदायको श्रमदान ५७ हजार ५२० रुपैयाँ र क्षेत्रगत कार्यक्रम २४ लाख ४४ हजार ५८८ रुपैयाँ रहेको छ ।

ट्रसपुल उपभोक्ता समितिका अध्यक्ष चिन्तामणी पन्थको अध्यक्षता रहेको कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमूख आतिथ्यता रहेको थियो ।

त्यस्तै बिशेष अतिथि रुरु क्षेत्र गाउँपालिका ५ का वडा अध्यक्ष शेषनारायण पौडेल अतिथी छत्रकोट गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमूख प्रसासकिय अधिकृत कृष्ण प्रसाद पन्थी, वडा नं।४ अध्यक्षका गुणाखर ज्ञवाली,वडा नंं। ६ का अध्यक्ष नारायण रेश्मी, वडा नं ४ का वडा सदस्य केशवराज कंडेल,पत्रकार युगराज बस्याल अमर पन्थ लगायतको उपस्थिती रहेको थियो ।

SHARE