सुनको मूल्य बढ्यो

0
353

असार ९,२०७९ काठमाडौं : सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु। २०० ले बढेर ९७ हजार ५०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु। पाँचले घटेर एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।

SHARE