वेपत्ता युवतीको प्रहरीद्वारा उद्धार

0
223

असार ६,२०७९बैतडी :तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ। सिगास गाउँपालिका– ८ का रमेश बोहराकी १८ वर्षीया श्रीमती सरस्वती बोहराको त्रिनगरबाट उद्धार गरिएको हो।

घरपरिवारले दिएको निवेदनको आधारमा खोजतलास गर्दै जाँदा भारत जाँदै गरेको अवस्थामा सीमानाका त्रिनगरबाट उद्धार गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

उनले भने, घरपरिवारले हुलियासहित हामीलाई निवेदन दिएको थियो, हामीले सीमाक्षेत्रमा पनि सञ्चार गरेका थियौँ, त्रिनगरबाट उद्धार गरिएको खबर आएको छ ।

उद्धार गरिएकी युवतीको घरपरिवारलाई खबर भइसकेको प्रहरीले जनाएको छ। भारतमा कोही आफन्त नरहेको र सरस्वती किन भारत जाँदै थिइन् भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

SHARE