पहिरोमा पुरिएर सासु–बुहारी बेपत्ता

0
449
फाइल फोटो

असार ३,२०७९ ताप्लेजुङ : सिरिजंघा गाउँपालिका–७ खेवाङमा गएराति पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन्।

वर्षासँगै राति बेलुकी साढे ८ बजेतिर आएको पहिरोमा परी तुलसा अधिकारी र उनकी बुहारी यशोदा बेपत्ता भएका हुन्।

यशोदाका श्रीमान् विष्णु अधिकारीले भागेर ज्यान जोगाएको स्थानीयवासीले बताएका छन् ।

पहिरोले अधिकारीका दुईवटा घर बगाएको छ भने पशुचौपायासमेत पुरेको प्रहरीले जनाएको छ। निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो गइरहेको छ।

SHARE