जिल्ला भलिबल संघ गुल्मीको साधारण सभा तथा अधिवेशन सम्पन्न

0
302

सूर्य सुनार
असार २,२०७९ गुल्मी :जिल्ला भलिबल संघ गुल्मीको साधारण सभा तथा अधिवेशन विहीबार तम्घासमा सम्पन्न भएको छ ।

जिल्ला भलिबल संघ गुल्मीको अधिवेशनबाट १८ सदस्य समिति गठन गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज काउछा र नेपाल भलिबल संघका केन्द्रिय सदस्य झग बहादुर मिदुनको विशेष उपस्थितमा उक्त समिति गठन गरिएको हो ।

जिल्ला भलिबल संघको अध्यक्षमा राजन बहादुर कुवँर, उपाध्यक्ष हुम बहादुर बोहरा, उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ, महासचिब नारायण आचार्य, कोषाध्यक्ष मन बहादुर गुरुङ्ग, सदस्यहरु सोम दलामी, सन्दिप जि.सी., सूर्य बहादुर मगर, दिपेन्द्र बलाल, राम गिरी, विनय सिंजाली अनु सारु, रविना प्रोख्रेल, थमी श्रीस र पदयन सदस्य झग बहादुर मिदुन रहेका छन् ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष महेश काउछा, जिल्ला खेलकुद विकास समितिका सदस्य टेक बहादुर काउछा, रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष भरत भलामी लगायतको उपस्थित रहेको थियो ।

SHARE