
सूर्य सुनार
असार २,२०७९ गुल्मी :लुम्बिनी प्रदेश सांसद गिता थापाको पहलमा गुल्मीको सिस्ने खोला उनायचौर जोड्ने मोटर बाटोको शिल्यान्यस भएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ स्थित सिस्ने खोला उनायचौर जोड्ने मोटरबाटोको शिल्यान्यस गरिएको समाजसेवी कमला परियारले जानकारी दिनुभयो । सांसद विकासकोष बाट थापाको पहलमा उक्तबाट बाटो खन्न सुरु गरिएको हो ।
विभिन्न समयमा निर्वाचनको वेला बाटो ल्याइदिन्छौँ भनेर नेताहरुले आस देखाए पनि त्यो दलित बस्तीमा बाटो पुग्न सकेको थिएन । तर अहिले भने लुम्बिनी प्रदेश सांसद थापाको पहलमा उक्त बस्तीमा बाटो जान लागेको हो । त्यो बस्तीमा बाटो पुग्ने भएपछि त्यहाँका स्थानीय खुशी भएका छन् ।

साथै बाटो दलित बस्तीमा आउने भएपछि त्यहाँका स्थानीयलाई आवतजावत गर्न निकै सहज र तम्घास आउन कम समय लाग्ने भएको छ । लुम्बिनी प्रदेश सांसद थापाको पहलमा दलितहरुको बस्तीमा यस्ता कार्यक्रमहरुले निरन्तरता पाउँन थालेका छन् ।








