
बुटवल, असार १ गते : स्वास्थ्य राज्यमन्त्री मानसिक पीडा भएपछि एक्कासी बेहोस भएको अवस्थामा उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । दाङबाट उपचारका लागि राती करिव १२ बजे बुटवल प्रादेशिक अस्पतालमा लिएर उपचार गराइएको थियो । हाल निरन्तर उपचारपछि स्वास्थ्य सुधारात्मक बन्दै गएको अस्पताल परिवारले बताएको छ ।
मन्त्रीले एकराज बस्नेतले आपूmसँग सापती लगेको पैसा बारम्बार दिन अनुरोध गर्दा पनि नदिई सम्पर्क विहिन बनेपछि पैसाको कारोबार मिलाउने एकराजको घर पुगेको बताउनुभयो । घर पुग्दा योजनाबद्ध रुपमा फसाइएकोले गर्दा थप मानसिक तनाब भएको आफू बेहोस भएको बताउनुभयो ।
उहाँले भन्नुभयोः–“लगेको पैसा फिर्ताका लागि धेरै पटक हिसाव मिलाउनको लागि आग्रह गरियो, कुनै सुनुवाई भएन, सम्पर्क विहीन भएपछि गएर भेटेर नै मिलाउनको लागि गएको हुँ, त्यतिबेला नै योजनाबद्ध तरिकाले नै मलाई पसाउन काम गरियो । मैले मेरो सुरक्षा, स्वकीयसहितको टिम लगेर गएको थिए । हामीलाई च्यानलगेट बन्द गरियो ।” आफू सम्मेमित हुदाँहुँदै पनि एकराजकै योजनामा एकराजको दाजु बीरेन्द्र बस्नेतले योजनाबद्ध रुपमै तयारी गरेको, हाम्रो पनि पावर छ भन्दै पत्रकार, सुरक्षाकर्मी बोलाएर आफूलाई झन गाली गलौज गरेको बताउनुभयो । आफूलाई लगाएको आरोपमा आफूलाई बदनाम गर्न र नभएको १ करोड रुपैया र सुन चोरीको आरोप लगाएको बताउनुभो ।

आफूले सामान्य रुपमा हिसाव किताव मिलाउनको लागि गरिएको आग्रहमा पनि आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्नका लागि गरिएको प्रक्रिया अस्पतालको बेडबाट बताउनुभएको छ । उहाँले भन्नुभयोः–“पहिलेको पैसा नै नदिई,झन मेरो कारोवार विग्रीएको छ, मेरो घरलाई बंैकमा राखेर ऋण निकाल्न खोजको थियो, मैले दिएन त्यसबास उसले मनाई थप पीडा दिर्दै तपाई मन्त्री बनाए मैले के पाए ? भनेर बारम्बार पीडा दिइरहेको थियो । ”
प्रदेश सभा सदस्य दामा शर्माले भन्नुभयो ः–“राज्यमन्त्री विमलाले आफूलाई यी विभिन्न तनावको कारण आफू बेहोस आफूहरुले उपचारको लागि लिएका हौँ । ” आफू यो कुनै पनि हालतमा विचलित नभएर सामाना गर्ने राज्य मन्त्री वलीको भनाई छ ।
उहाँको स्वास्थ्य अवस्था बुझ्न नेकपा (माओवादी केन्द्र) संसदीय संसदीय दलका प्रमुख सचेतक बसन्त घर्तीमगर अस्पताल पुग्नु भएको थियो । अबस्था सुधारात्मक रहेको बताउनुभयो






