देवर–भाउजू मृत फेला

0
154

जेठ ३१,२०७९डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा देवर–भाउजू मृत फेला परेका छन्।

आलिताल–५ भावरका धनबहादुर विककी पत्नी पशुपति विक र धनबहादुरका सहोदर भाइ गणेश विक एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।

आलिताल(३ र ५ को सिमाना रेला पुलनजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा रुखमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा सोमबार फेला परेको जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए।

उनका अनुसार घटनास्थल वडा नं ३ मा पर्छ।

SHARE