
जेठ ३०,२०७९तनहुँ : भानु नगरपालिका–२ स्थित चुँदीखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ।
चुँदी खोलामा पौडी खेल्ने क्रममा उनीहरूको मृत्यु भएकोहो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र २२ वर्षीय सागर गुरुङको मृत्यु भएको हो।

घटनालगत्तै इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोलाबाट शव निकालेका थिए।











