नेपाल उत्पीडित समाज गुल्मीद्धारा दलित समुदायका जनप्रतिनिधिलाई प्रशिक्षण

0
438

सूर्य सुनार
जेठ २९,२०७९ गुल्मी:नेपाल उत्पीडित जातीय मुक्ति समाज गुल्मीले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा शुभकामना दिइएको छ ।

शनिबार नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा आयोजना गरेर दलित समुदायबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण एवंम बदाई तथा शुभकामना दिइएको हो । जिल्लामा नेकपा एमालेको तर्फबाट दलित समुदायबाट ५५ जना निर्वाचित भएका थिए । जसमध्ये २ जना वडाध्यक्ष, ९ जना कार्यपालिका सदस्य, ४४ जना वडासदस्य मा निर्वाचित भएका थिए ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज गुल्मीका अध्यक्ष कृष्णा विश्वकर्माले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । अब स्थानीय सरकारले आफ्नो निती कार्यक्रम तथा बजेट बनाउने समय नजिक आएको हुँदा दलितका मागहरुलाई सम्बोधन हुने गरी सुझाव दिन उहाँले जनप्रतिनिधिलाई आग्रह गर्नुभएको थियो ।

पराम्परागत सोचले गर्दा हाम्रो समुदायको विकास हुन् नसकेको हुँदा यस्ता प्रकारका व्यवसाय होस् या अन्य क्रियाकलापबाट अगाडी बड्नुपर्नेमा जोड् दिनुभएको थियो । नेपाल उत्पीडित जातीय मुक्ति समाज गुल्मीको विभिन्न विभागमा कार्यसम्पादनको जिम्मेवारी दिनुभएको छ । उहाँले जनप्रतिनिधिलाई आफ्नो कार्यकाल सफल बनाउन दलितहरुको समस्या समधान हुने गरी काम गर्न अध्यक्ष विश्वकर्माले आग्रह गरे् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज गुल्मीका उपाध्यक्ष दिपक सुनारले नेकपा एमाले भनेको जनताको र सिङ्गो दलित समुदायको नेतृत्व गर्ने पार्टी भएको बताउनुभयो । उहाँले सम्पूर्ण दलित एक भएर आफ्नो हक अधिकारको संरक्षण गर्नुपर्ने बताउनुभएको थियो । साथै अन्य राजनितिक दलहरुले दलितलाई चुनावको समयमा मात्र प्रयोग गरेको आरोप समेत लगाएका थिए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य दिनेश पन्थी, नेकपा एमाले गुल्मीका उपाध्यक्ष कृष्णा सुनार, नेकपा एमाले जिल्ला कमिटी सदस्य हिरा कुवँर, लगायतले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएका थिए ।

SHARE