भालुको आक्रमणबाट गम्भीर घाइते

0
191

जेठ २२,२०७९संखुवासभा :भोटखोला गाउँपालिका–२ मा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्।

आइतबार बिहान करिब ८ बजे भालुको आक्रमणमा परेर भोटखोला –२ गुठीगुम्बाकी ५२ वर्षीया थोङ्जुङ भोटे गम्भीर घाइते भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए।

घरनजिकै गोरु खोज्न जाने क्रममा भालुले आक्रमण गरेर घाइते बनाएको गाउँपालिका अध्यक्ष भोटेले बताए। भालुको आक्रमणबाट उनको अनुहार, टाउको र हातमा गहिरो चोट लागेको छ।

भालुको आक्रमणबाट घाइते भएकी भोटेको भोटखोलाकै स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको गाउँपालिका अध्यक्ष भोटेले बताए।

SHARE