सुनको मूल्य बढ्यो

0
191

जेठ २०,२०७९काठमाडौं : आज छापावाल सुनको मूल्य प्रतितोला नौ सयले बढेर ९८ हजार पाँच सय तोकिएको छ ।

अघिल्लो दिन पहेँलो धातु प्रतितोला ९७ हजार छ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार पाँच सय तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार नौ सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले बढेर एक हजार २९० रुपियाँ पुगेको महासङ्घले जनाएको छ ।

SHARE